इ–सेवाको कर्मचारी भन्दै १६ लाख रुपैयाँ ठगी
काठमाडाैं | माघ १६, २०७९
काठमाण्डौंः डिजिटल वालेट चलाउने इ–सेवाको नामबाट ठगी गरेको आरोपमा एक पक्राउ परेका छन् ।
‘इ–सेवाको आधिकारिक कर्मचारी हुँ’, भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा काठमाण्डौंबाट शुभम साहलाई पक्राउ गरेको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
रौतहटको माधवनारायण नगरपालिका निवासी साहबाट ठगिएको भन्दै प्रेम बाँनिया, माधव लामिछानेलगायत ३३ जनाले कार्यालयमा उजुरी दिएपछि उनलाई पक्रउ गरिएको कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिएका छन् ।
कोइरालाका अनुसार साहले १६ लाख १३ हजार रुपैयाँ ठगि गरेको प्रारम्भिक अनुसन्धानमा पत्ता लागेको छ । १९ वर्षीय साहले इ–सेवाको कर्मचारी भन्दै निवेदकहरुलाई खाता अपडेट गर्नुपर्ने भन्दै उनीहरुको मोबाइलमा पासवर्ड पठाई कोड नम्बर मागेर ठगी गरेको आरोप छ ।
प्रहरीले सुभमको साथबाट १ थान मोटरसाइकल, २ मोबाइल, १० थान सिमकार्ड, एटीएम कार्ड, नागरिकतालगायत बरामद गरेको छ ।
पोखरा । गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरे...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले...
पोखरा । गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

